लकडाउन लम्बिदा अर्थतन्त्रमा कठिन समस्या आउला जस्तो छ

अर्थमन्त्री खतिवडा

४ वैशाख, काठमाडौं । केही समय अघि ७० करोड कमिसनको डिल काण्डबाट संचारमन्त्रीको पद खोसिन पुगेका संचार मन्त्री गोकुल बास्कोटाको पछि ओली नेतृत्वको सरकारमा अहिलेका विस्वास पात्र अर्थमन्त्री डा. युवराज खतिवडा छन् । अर्थमन्त्रालयको साँचो उनकै हातमा छ । गोकुल बास्कोटाको बहिर्गमनपछि उनले सरकारका प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका छन् र, नियमित रुपमा मिडियामा देखिन्छन् । अरु मन्त्रीहरु लकडाउनमा ‘अर्धभूमिगत’ जस्तै देखिएकाछन् ।
कोरोना भाइरसका कारणले अहिले धर्म संकटमा पारेको सबैभन्दा ठूलो प्रभाव अर्थतन्त्रमा परेको छ । अर्थतन्त्रलाई बुझेका भनिएका मन्त्री खतिवडाले यस्तो बेलामा देशलाई कसरी अघि बढाउने सोचेका होलान् ? व्यवसायीहरुमा मात्र होइन, आम मानिसमा यसबारे चासो बढेको छ ।
आज मात्रै अर्थ तथा संचाार मन्त्री खतिवडाले भनेको बिचारमा बैंकहरुलाई मैले अहिले नाफाको कुरा होइन, व्यवसाय टिकाउने कुरामा सहयोग गर्नुस् भन्दै आइरहेको छु । सरकारले अब सबै क्षेत्रका साना, ठूला व्यवसायीलाई राहतको कार्यक्रम कस्तो ल्याउला ? किसान, मजदुरहरुको पक्षमा के निर्णय होला ? बैंकको ब्याज के हुन्छ ? यस्ता प्रश्नहरु अर्थमन्त्री खतिवडातिरै सोझिएका छन् ।
अर्थमन्त्री डा. खतिवडाले आज नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा ‘दोस्रो चरणको लकडाउनको घोषणा गरिसकेपछि अलिकति समस्या बढेरै जाने देखियो । कोरोनाको संक्रमण र जोखिमको अवधि यति लामो होला भनेर सरकारले सोचेको थिएन भन्दै उनले दोस्रो चरणको लकडाउनपछि अब समस्या बढेर जाने देखिएको बताए ।
‘संक्रमण र जोखिमको अवधि यति लामो हुँदैन होला भन्ने लागेको थियो । हामीले अर्को चरणमा प्रवेश गर्नुपर्दैन भन्ने सोचेका थियौं । यद्यपि कृषि, आन्तरिक पर्यटन लगायतका क्षेत्रमा कोरोनाको संक्रमणपछि चाँडै सुधार आउन सक्ने अर्थमन्त्री खतिवडाले विश्वास व्यक्त गरे ।