नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक पेरिस डाँडामा जारी

१४ भाद्र, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका हुन् । बैठक केहीबेर अघि सुरु भएको छ ।

बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल केन्द्रीत छ । यसअघि गत साता बसेको नेकपा माओवादी केन्द्रको बैठकले सातै प्रदेशका इन्चार्ज र सह इन्चार्ज र जिल्ला समन्वय समितिको प्रमुख तोकेको थियो । तर कतिपय प्रदेशका पदाधिकारीहरुले पूर्णता पाएको थिएन ।