काँग्रेस युवा नेता गगन थापाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा

१४ भाद्र , काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज काठमाडौं महानगरपालिका वडा नम्बर २० को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । १३ औं महाधिवेशनमा पनि थापाले कृष्ण प्रसाद सिटौला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए ।

उनले उम्मेदवारी घोषणाका लागि यो पवित्र स्थान भएको बताउँदै भने, ‘मेरो वडा र अग्रजहरू बीचमा गौरवका साथ १४ औं महाधिवेशनमा नेपाली काँग्रेसको महामन्त्रीको घोषणा गर्छु ।’ थापा वडा नम्बर ३० को बासिन्दा पनि हुन् ।