१४ भाद्र, बेनी । लगातार आइरहेकोको वर्षाका कारण बेनीमा मध्यराती कालीपुलमा पहिरो खस्दा तीन जना घाइते भएको बताइएकोे छ । बेनी नगरपा लि का-८ कालीपुलमा राती २ः१५ बजे पहिरो खस्दा तीन जना घाईते भएका छन् । घाईतेहरुको अहिले बेनी अस्पतालमा उपचा र भैरहेको छ । घाईते मध्य एक सन्तु पुन बेनी अस्पतालकै कर्मचारी भएको बताइएको छ भने अरु दुई जना होटलमा पाहुना भएर आएकोे बुझिएको छ उनीहरुको नाम र घर खुलेको छैन ।
पर्वत जिल्लाको जलजला गाउँपालिका-४ मल्लाजको भीर भत्केर कालीगण्डकी नदीमा खस्दा नदीबाट पानीको छाल माथी वस्तीमा पस्दा कालीपुलको पुरानो बजारका कम्तीमा ६ घरमा क्षति पुऱ्याएको छ ।
कदर न्यूज गण्डकी ब्यूरो कृष्णबहादुर कार्कीले बताएअनसार हिजो राती २ बजो एक्कासी ढ्याङ्ग आवाजसँगै पानीको हावा सहितको छाल घरमा पस्न गएको थियो। सोही घरमा पाहुना बसेका दुई महिला र एक डेरा गरी वस्ने महिला घर भत्केर च्यापिएको अवस्थामा उद्दार गरिएको छ भने अरु सदस्यलाई खासै केही नभएको तर भाग्न सफल भएका थिए ।
पहिरो झरेपछि संगै यस खालको घटना घट्न गएपछि कालीपुलवासी वसपार्क क्षेत्रको माथिल्लो क्षेत्रमा आएर आस्रय लिएर बसिरहेका छन् । लगातार पानी परिरहेको छ अझै रोकिएको छाट भने देखिदैन ।
महिलाहरु आफ्ना वालबालिका च्यापेर सुरक्षित स्थानका घरको पेटीमा आश्रय लिएर बसेका छन भने पुरुषहरुले आआफना घरको महत्वपूर्ण सामाग्री झिक्दै सुरक्षित स्थलतर्फ ओसारिरहेका छन् । पानी परिरहेको र पहाडको पहिरो खस्दा कालीनदी थुनिन सक्ने सम्भाव्यता र अझै पनि पहिरो खस्न सक्ने भएकाले सोे क्षेत्रका मानिसमा त्रास र भए हुनुका साथै बस्नको पपनि समस्या आएकाले त्यसततर्फ पनि स्थानीय सरकार र सरोकारवाला निकायले समयमै समाधान अपनाउनु आवश्यक देखिन्छ ।