Breaking News

कालिकोटको आमतडामा जिप दुर्घटना १० जना घाइते एक को मृत्यु

बासमती कठायत

१३ भाद्र, कालिकोट । आज बिहान कालिकोटको शान्नित्रिवेणी गाउंपालिकाबाट जितेगडा आउंदै गरेको क १ (ज) २३ नम्बरको  जिप आमतडाको उकालोमा जिप्लिएर दुर्घटना हुंदा १० जना घाइते र १ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । मत्यु हुनेमा जिप मृत्यु हुनेमा चालक विक्रम गिरी भएको बुझिएको छ भने घाइतेहरुको उद्धार भइरहेको छ ।

कदर न्यूजलाई जानकारी दिने क्रममा नेकपा एकीकृत समाजावादी जिल्ला कमिटी सदस्य रन रोकाया का अनुसार जिप शान्तित्रिवेणी गाउंपालिकाबाट जितेकडा आउने क्रममा आमतडाको उकालोमा दुर्घटना भएको दुर्घटनामा जिप को नम्बर समेत खुल्न नआएको र सो बााटो उकालो र अलि अप्ठारो भएकोले दुर्घेटना भएको बताइएका पनि खास के कति कारणले भयो भन्ने खुल्न आएको उहाँले बताउनु भयो । यस बारेमा थप जानकारी लिन कोषिस गरिरहेका छौं ।

Open Photo

लेखक : बासमती कठायत