Breaking News

कालिकोटमा एकीकृत समाजवादीको कार्यकर्ता भेला : एमालेका दुईतिहाई जिल्ला कमिटी सदस्य एकिकृत समाजवादिमा

कालिकोट । केही दिन अघि मात्र गठन भएर नर्वाचन आयोगले मान्यता दिएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको कालिकोट जिलको पहिलो जिल्ला भेला मान्ममा सम्पन्न भएको छ ।

यस अघि एमाले वरिष्ठ नेता माधव कुमार नेपालले एमाले भित्रै रहेर गठित समानन्तर कमिटिको पुरै समूह एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ । कालिकोट एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष विश्वराज बमको अध्यक्षतामा भूतपूर्व संविधान सभा सदस्य तथा समाजवादी नृेता नेता तुलाराज विष्टको प्रमुख आतिथ्यता र कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारि मन्त्री कुर्मराज शाहीको विशेष आतिथ्यतामा अघुवा कायकर्ता भेला तथा प्रशिक्षण सुरू भएर सकिएको छ ।

भेलामा जिल्लाका नेता तथा कायकर्ता, जनप्रतिनिधि लगायतको उपस्थित रहेको छ ।

समाजवादी जिल्ला कमिटी सदस्य रनबहादुर रोकायाले कदर न्यूजलाई दिएको जानकारी अनुसार कार्यकर्ता भेलामा एमालेको ९औं जिल्ला अधिवेशनाट निर्वाचित ४१ जना जिला कमिटी सदस्य, २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित एमालेका तिन जना मध्ये २ जना प्रमुख र २ जना उपप्रमुख र २४ जना वडाध्यक्ष मध्यमा १६ जना वडाध्यक्ष एकीकृत समाजवादीमा समाहित भएको जानकारी दिनुभएको छ । त्यस्तै उनका अनुुसार नर्वौ जिल्ला अधिवेशनाट निर्वाचित एमाले सचिव सचिवमा चित्रसिंह गाउँले, उप सचिव कमलबहादुर शाही सहित ४१ जना जिल्ला कमिटी सदस्य रहेका छन् ।

डिसिएम रोकायाका अनुसार हिजो र आज कार्यकर्ता भेला बसेको र अहिले जिल्ला कमिटीको बैठक बसिररहेको र जिल्ला कमिटीको बैठकपछि कार्यकर्ता भेलालाई सम्बोधन र अवका दिनमा जिल्लामा एकीकृत समाजवादी पार्टीलाई कसरी अगाढी बढाउने भन्ने बारेमा जिल्ला कमिटीले रणनीतिक बनाउने उनले बताए ।

अबको केही महिना भित्र आइरहेको स्थानीय चुनावलाई पनि मध्यनजर गर्दै पार्टीलाई कसरी जनताको माझमा लैजाने र आफ्नो पकट क्षेत्र कसरी सुरक्षित राख्दै अरु क्षेत्रमा पनि जनतालाई पार्टी निर्माण गर्नका कारण जनतालाई स्पष्ट पार्दै अगाडी बढ्ने जस्ता रणनीतिक कार्यक्रम समेत आउने उनले बताए ।

लेखक : बासमती कठायत