लगातार आएको वर्षाका कारण नवलपरासी पश्चिमममा भएको घरमा जलमग्न भई छिमेकीको घरमा शरण लिन हिँडेका बाबुछोरा मृत फेला परेका छन् ।
नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ पम्फापुरका ३८ वर्षीय बिनोद पासी र उनका १३ वर्षीय छोरा प्रदीप पासी खेतमा मृत फेला परेका हुन् ।
घरभित्र पानी पसेपछि छिमेकीको घरमा बस्न हिँडेका उनीहरु शनिवार खेतको गह्रामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।