Breaking News

म सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको छु, त्यसकै लागि सम्पर्क कार्यालय स्थापना गरेको हुँ

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आज पार्टी महाधिवेशन चुनाव बिशेष मध्यनजर गर्दै सम्पर्क कार्यालय स्थापना गर्दै आफू कसैलाई पराजित गर्न पार्टी सभापति हुन नखोजेको बताएका छन् । आगामी चुनावमा कांग्रेसलाई बहुमत दिलाउने आफ्नो उद्देश्य भएको उनले बताए ।

बानेश्वरमा सम्पर्क कार्यालय खोलेका निधिले भने, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको छु, त्यसकै लागि सम्पर्क कार्यालय स्थापना गरेको छु ।

आफ्नो लक्ष्य आगामी चुनावमा सबै तहमा कांग्रेसलाई बहुमत दिलाउनु भएको उनले बताए । उपसभापति निधिले अघि भने, ‘म कसैलाई पराजित गर्न, असक्षम घोषित गर्न वा रिटायर्ड गर्न सभापति हुन लागेको होइन ।’

उपसभापति विमलेन्द्र निधि