Breaking News

कालिकोटमा एमाले भन्दा एकीकृत समाजवादी हावी

कालिकोट। नेकपा एमाले फुटेर हालै मात्र निर्वाचन आयोगबाट मान्यताप्राप्त पाएको नेकपा एकीकृत समाजवादी पार्र्टी मा एमालेबाट समाजवादीमा आउने क्रम भइरहेको छ । निर्वाचन आयोगले समाजवादी पार्टीले मान्यता पाएको दिनदेखि २१ दिनभित्र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई दुई मध्य एक पाटी रोज्ने समयसीमा दिएपछि कर्णाली प्रदेशको कालिकोटमा स्थानीय तह अन्तर्गतको २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको चुनावमा ९ वटा स्थानीय तहमध्ये एमाले त्यसबेला ३ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखमा जितेको थियो ।

एमाले विभाजित पछि कालिकोटका स्थानीय जनप्रतिनिधिहरु पनि विभाजित बनेका छन्। २०७४ सालमा एमालेले खाँडाचक्र नपा, शुभकालिका गापा र नरहरिनाथ गापामा एमालेले प्रमुखमा चुनाव जितेको थियो।

अहिले एमाले बिभाजित भएपछि ३ मध्ये २ वटा गाउँपालिकाका अध्यक्षहरू नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन्न जो रहरिनाथ गापाका अध्यक्ष धीरबहादुर बिष्ट र शुभकालिका गापाका अध्यक्ष खडानन्द चौलागाईं माधव नेपाल पक्षामा खुलेका हुन्।

त्यस्तै खाँडाचक्र नगर पालिकाकी उपमेयर विजया बिष्ट र शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष पम्फा शाही पनि नेकपा एकीकृत समाजवादीमा लागेकी छन्। नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष विश्वराज बमले बताउनु भएअनुसार २०७४ सालको स्थानीय चुनावमा एमालेले २४ जना वडा अध्यक्ष जितेको थियो जसमध्ये १६ जना वडा अध्यक्षहरू एकीकृत समाजवादी पार्टीमा लागेको बताएका छन् र त्यसमा पनि अझैं बढ्न सक्ने उनले बताए ।

अध्यक्ष बमका अनुसार ६८ जना सदस्सीय जिल्ला कमिटी रहेको साविकको एमालेबाट ४५ जनाभन्दा धेरै सदस्य नेकपा एकीकृत समाजवादीमा लागेको बताए ।

यस हिसावले कालिकोटमा एमालेको भन्दा एकीकृत समाजवादीको बाहुल्यता रहेको र अबका दिनमा एमाले पार्टीलाई कालिकोटमा चुनाव जित्न कठिन हुने अध्यक्ष विश्वराज बमले हामीलाई बताएका छन् ।