लकडाउनको नाममा पासको चरम दुरुपयोग

४ वैशाख, काठमाडौं । बिश्वभरी फैलिएको कोरोना भाइरसले ससार नै लकडाउनमा पारेको छ । हाम्रो देश नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरेको लकडाउन तेस्रो हप्तामा चलिरहेको छ । लकडाउनको समयमा आकस्मिक उपचारका लागि अस्पताल जान र उपभोग्य सामान खरिद बाहेक अरु कामका लागि घरबाहिर ननिस्कन सरकारको आग्रह गरिहेको छ ।
लकडाउनको समयमा पानी, दूधजस्ता अत्यावश्यक सामग्री ढुवानी नियमित आपूर्तिका लागि सवारी विभिन्न निकायले सवारी पास दिएका
छन् । तर पछिल्लो समयमा सवारी पासको दुरुपयोग हुने र अनावश्यक रुपमा सवारी साधन चलाउनेको संख्या बढेकोले अनावश्यक काममा पासको दुरुपायोग गरी लकडाउन अपहेलना गरिएका प्रसस्तै मात्रा उदाहरण देखिन थालेका छन् । त्यसमा पनि काठमाण्डौ उपत्यकामा भने अझ बढी लकडाउन उल्लंघन गरिएको छ । त्यसका लागि सरकार मात्र नभएर हामी जनता पनि सचेत हुन जरुरी देखिन्छ ।