डाक्टर कुट्ने डिएसपी लम्साललाई बृत्तबाट हटाईयो

४ वैशाख, काठमाडौं । हिजो राती अचानक महाराजंजस्थित त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरहरूमाथि नेपाल प्रहरीको एक टोलीको नेतृत्वमा भएको टोलीले कान्तिबाल अस्पतालका डाक्टरलाई कुटपिट गरिएको छ । डाक्टरलाई कुटपिट गर्ने डिएसपी उमेश लम्साललाई आजै जिम्मेवारीबाट हटाइएको छ । उनलाई आज बिहीबार महाराजगञ्ज वृत्तको प्रमुखबाट हटाएर महानगरीय प्रहरी कार्यालयमा तानिएको हो ।
डिएसपीसँगै डाक्टरलाई कुट्ने अन्य प्रहरीहरूलाई पनि कार्यालय तानेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले हिजो बुधबार राति डाक्टरहरूमाथि भएको कुटपिटको घटनामा दुस्ख व्यक्त गर्दै अब यस्ता घटना नदोहोरिने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।
डाक्टरमाथि कुटपिट भएको घटनाबारे अनुसन्धान गर्न एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा समिति पनि बनाएको छ ।