एमालेले दशौं राष्ट्रय महाधिवेशन आगामी मंसिर दोस्रोमा गर्ने निर्णय

८ भदौ, काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रय महाधिवेशन आगामी मंसिर दोस्रोमा गर्ने भएको छ ।

यस अघि माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्यहरु समेत सहभागी भएको आजको स्थायी कमिटी बैठकले मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।