जन्मिनेवित्तिकै शिशुलाई उखुबारीमा फालेर हत्या गरेको आरोपमा एक जनालाई पक्राउ

भरखरै जन्मिनेवित्तिकै शिशुलाई उखुबारीमा फालेर हत्या गरेको आरोपमा प्रहरीले बैतडीमा एक जनालाई पक्राउ गरेको छ।
डिलाशैनी गाउँपालिका वडा नम्बर ७ ढाँडकी ३५ वर्षीय माधवी कार्कीलाई प्रहरीले पक्राउ गरिएको हो।

प्रहरीकाअनुसार उनले ६ गते आइतबार शिशुलाई जन्म दिएकी थिइन्।

जन्मिनेवित्तिकै उक्त शिशुलाई उनले घर नजिकैको उघुवारीमा फालीन्। उनले शिशुलाई किन उखुबारीमा फालिन् भन्ने खुलेको छैन।