लकडाउनको मौका छोपी जलजला तीन बगरफाँटको खाजा पसल चोरी

कदर समाचार

बैशाख ३, म्याग्दी, ३ । बिचमा बगिरहेको काली नदिले म्याग्दी र पवर्त जिल्ल्लाको सिमाना छुट्टाएको म्याग्दीको सदरमुकाम बेनीबजार संगै वारीपट्टी पर्वत जिल्लाको जलजला गाउँपालिका–३ बौर पर्दछ । कोरोना भाइरस नफैलियोस भन्ने हेतुले नेपाल सरकारले लकडाउन लम्बाएर बैशाख १५ गतेसम्म पुराएको छ । त्यही लकडाउनको मौका छोपी जलजला ३ को बौरमा सञ्चालित बिमल खत्रीको खाजा घर, डेरी (फ्रेस हाउस) मा चोरी भएको समाचार प्राप्त भएको छ ।
देश लकडाउनको समयमा पसल (खाजा घर) नचल्ने भएका कारण खाजा घर सञ्चालक गाउँ गएको मौका पारेर केही ब्यक्तीले घरको पछाडीबाट तीन वटा ताल्चा फोरेर घरभित्र पसी चोरी गरिएको बताएका छन् । हाम्रा गण्डकी समाचार ब्यूरो कृष्णबहादुर कार्कीसँगै बोल्दै खाजा घर मालिक खत्रीले भनेका छन्, चोरहरुले घरको पछाडीबाट तिन वटा ताल्चा फोरेर घरभित्र पसी सिरानी मुनी राखेको ४ हजार नगद, फ्रिजमा राखेको मासु, घ्यु, रक्सीहरु सबै चोरले मेरै घरभित्रै बसेर खाएका र घर भित्रको सबै सामान जथाभाबी छरपस्ट गरेको, दराज भित्रको र रुममा भएको कुनै सामान नभएको बताएका छन् । त्यस्तै उनी अगाडी भन्छन्, सुत्ने विस्तारा समेत लथालिङ्ग पारिएको र घर भित्रको दृश्य देखाउदै खत्रीले यहाँ २ देखी ४ जना सम्म दुईतिन दिन सम्म बसेको जस्तो छ । साथै चोरहरुले रु. ४० हजार बाराबारको क्षेती गरेर चोरी भएको बताएका छन् । उनी अगाडी भन्छन्, दराजमा के–के थियो आफूलाई थाहा नभएको र त्यो श्रीमतीलाई मात्र थाहाँ भएको तर दराज पनि फोरिएको अवस्थामा रहेको बताए ।
चोरी भएको घर वरपरका छिमेकीले घर मालिक खत्रीलाई थाहा दिएर मात्र उनी आएको र खत्रीले आफ्नो पसल चोरी भएको खबर प्रहरीलाई गरेपछी मात्र प्रहरी घटना स्थलमा पुगेको थियो । पर्वत बेनीमा रहेको प्रहरी चौकीका सही भरत गौतमको नेतृत्वमा आएको टोलीले घरभित्र भएको घटनाको जानकारी हामीलाई दिंदै घर भित्रै बसेर पसलमा रहेको समानहरु चोरहरुले खाएर पछि भागेका ती व्यक्तीहरुको खोजी कार्य पनि भइरहेको जानकारी गण्डकी ब्यूरो संवाददाता कृष्णबहादुर कार्की सँग कदर न्यूजलाई बताएका छन् ।