Breaking News

प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

१ भदौ, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त गरेकी छन् । महोत्तरीका मिश्र नेपाली कांग्रेसका पुराना नेता हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरी मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई पदमुक्त गर्दै महोत्तरीका मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।