Breaking News

अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीहरु काठमाडौं आइपुगे

१ भदौ, काठमाडौं । अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीहरु काठमाडौं आइपुगेका छन् ।

तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्दार गरेको थियो । त्यसक्रममा नेपालीहरुलाई पनि उद्धार गरेर कतारको दोहा पुर्याइएको थियो ।

उनीहरुमध्ये ११८ नेपाली कुबेत हुँदै मंगलबार विहान काठमाडौं आइपुगेका हुन् । दुई वर्षदेखि काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत लालबहादुर पुनका अनुसार त्यहाँ मात्र करिव ५०० नेपाली कार्यरत थिए ।

अमेरिकाले नै उद्दार गरेर दोहा पुर्यायो । अहिले कुबेत हुँदै पठायो ।

तीन वर्षदेखि कार्यरत प्रकाश श्रेष्ठ पनि आफूहरु सुरक्षित रुपमा नै नेपाल आइपुगेको बताउँछन् । उनीहरुको आग्रह छ, अवैधानिक रुपमा अफगानिस्तान पुगेका र अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुको पनि छिटो सरकारले उद्दार गर्न अनुरोध गरेका छन् ।