नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् । आज मन्त्रालयमा ऊर्जा सचिवले उनलाई ४ वर्षे कार्यकाको नियुक्ति दिएपछि कुलमानले आजै प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर पदबहाली गरेका हुन् । पदबहाली गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । साथै स्वागत कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई धन्यवाद दिएका थिए ।
उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले चार वर्षका लागि नियुक्त गरेको थियो ।