Breaking News

मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) आजदेखि आजेखि ३१ गतेसम्म खुला

मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) आजदेखि खुलेको छ। कम्पनीको आइपिओमा साउन ३१ गते आइतबारसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गरेको हो।

जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। यसमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९५४ पैसा छ। केयर रेटिङ नेपालले कम्पनीको आइपिओलाई बी प्लस रेटिङ प्रदान गरेको छ।

अनलाइन प्रणाली मेरो सेयर र आफ्नो बैंक खाता रहेको शाखाबाट आवेदन दिन सकिनेछ।