अमेरिकाद्धारा डब्लूएचओलाई दिंदै आएको सहायता रोक्का

बैशाख ३, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारी रोकथाम र व्यवस्थापनमा डब्लुएचओ आफ्नो ’आधारभूत कर्तव्य’ पूरा गर्न चुकेको आरोप लगाउदै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिदैं आएको सहयोग रोक्न निर्देशन दिएका छन् । ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओलाई चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको ढाकछेप गरेको र राम्रो प्रबन्ध गर्न नसकेको आरोप लगाएका छन् ।
तर, डब्लुएचओको काम र कर्तव्यमा प्रश्न उठाइरहेका ट्रम्पलाई देशभित्रै कोरोना संक्रमणको रोकथाममा गम्भीर नरहेको आरोप लाग्दै आएको छ । ट्रम्पका अनुसार मैले मेरो प्रशासनलाई आर्थिक सहायता रोक्ने निर्देशन दिएको छु
’डब्लुएचओ आफ्नो आधारभूत जिम्मेवारी बहन गर्न असफल भएकि छ र यसका लागि उसलाई जवाफदेही बनाउनुपर्छ’ अमेरिका डब्लुएचओको सबैभन्दा ठूलो आर्थिक दाता हो । हालसम्म अमेरिका विश्वमा कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित देश हो । अहिलेसम्म कोरोनाका कारण २५ हजार बढीको मृत्यु भइसकेको छ भने झण्डै ६ लाख जनता कोरोना भाइरसबाट संक्रमित अवस्थामा रहेका छन् ।