मेरो मान्यता संकटको बेला सबै मिलेर अगाडी बढ्दा राम्रो हो ? तर प्रधानमन्त्रीज्यूलाई जस्तो सजिलो लाग्छ त्यही गर्दा हुन्छ

अध्यक्ष प्रचण्ड

२ बैशाख, काठमाडौं । कोरोना भाइरसलाई निस्तेज पार्न सबैे मिलेर जानु पर्ने अहिलेको प्रमुख कार्य भएकाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर जानुपर्ने कुरा फेरि पनि दोर्होयाएका छन् ।
प्राइम टिभीमा ऋषि धमलासँग बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिक समझदारी र सहमति बनाउन प्रमुख प्रतिपक्षीसहित दललाई विश्वासमा लिएर जाने सन्दर्भमा उच्चस्तरीय राजनीतिक संयन्त्रको कुरा आफूले गरेको प्रचण्डले प्रस्टाएका छन् ।
अध्यक्ष प्रचण्ड भन्छन्, राष्ट्रिय सहमति आवश्यक छ भन्ने सन्दर्भमा प्रधानमन्त्रीकै नेतृत्वमा संयन्त्र बनाएर जान सकिने कुरा गरेको हो । त्यसो भन्दैगर्दा मैले साथसाथै के पनि भनेको छु भने मुख्य कुरा सरकार हो । सरकारले बनाउने संयन्त्र जो बनेको छ ठीक छ, त्यसले नै काम गर्नुपर्छ,’ , ‘तर राजनीतिक समझदारी र सहमति बनाउन प्रमुख प्रतिपक्षी दललगायतका दलहरूलाई पनि विश्वासमा लिएर जाने सन्दर्भमा मैले भनेको हो । आफूले भनेका कुरा सरकारलाई आवश्यक छैन भन्ने लाग्छ भने जबरजस्ती गर्न नखोजेको समेत बताए ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई जे सजिलो लाग्छ त्यो गर्ने पनि हुन्छ । ‘सरकार हाम्रो अर्को अध्यक्ष कमरेड केपी ओलीको नेतृत्वमा छ । उहाँलाई जे सजिलो लाग्छ त्यही गर्ने हो,’ मुख्य कुरा राष्ट्रिय सहमति, राष्ट्रिय एकता बनाउन हामी सबैले आफ्नो ठाउँबाट पहल गर्नु आजको प्रमुख आवश्यक भएकाले प्रतिपक्ष र अरु सबैको सहकार्य र सहमतिमा कोरोना भाइरसलाई निस्तेज पार्नु नै आजको आवश्यकता भएको औलाएका थिए अन्तरवार्तामा अध्यक्ष प्रचण्डले ।