Breaking News

नेपाली काँग्रेसको संस्थापन इतर पक्षीय जिल्ला सभापतिहरूको बैठक बस्दै

नेपाली काँग्रेसको संस्थापन इतर पक्षीय जिल्ला सभापतिहरूको बैठक बस्दै । पार्टीको १४ औँ महाधिवेशनको सुनिश्चितता र सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दबाब सिर्जना गर्न बैठक बस्न लागेको हो । अपराह्न १२ बजेपछि ठमेलको एक होटेलमा बैठक सुरु हुने छ ।

नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीका अनुसार आजको बैठक करिब ४० जिल्ला सभापति सहभागी हुने छन् ।

समयमा महाधिवेशन गरेर पार्टीलाई वैधानिक सङ्कटबाट जोगाउनुपर्छ । त्यसका लागि पार्टी नेतृत्वलाई दबाब दिन बैठक बस्न लागे हो’ संस्थापन इतरको बैठकमा पार्टीको केन्द्रीय नेताहरूलाई भने बोलाइएको छैन ।