५ साउन, काठमाडौं । नेपाली कांग्रेस अहिले सत्तामा छ । सोही पार्टीकै सभापतिमा सरकारको नेतृत्व रहेका बेला काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक संजालबाट ट्वीट गर्दै सभापित शेरबहादुर देउवालाई महाधिवेशन गर्न नसकेको भन्दै कडा टिप्पणी गरेका छन् ।
नेता पौडेलले सभापति देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको टिप्पणी गरेका हुन् । यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्,’ पौडेलले भनेका छन् ।
पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्ष वितिसक्दा पनि हुन नसकेको भन्दै नेता पौडेलले नेतृत्वको चरम लापरबाही र असफलता भएको टिप्पणीसमेत गरेका छन् ।
नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याएको उनको आरोप छ ।