कपिलवस्तुका दुई नगरपालिकालाई किर्डाक नेपाल द्धारा सहयोग रकम हस्तान्तरण

२ बैशाख, कपिलवस्तु। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाले अहिले विश्व नै लकडाउनको अवस्थामा बनाएको छ । यसैको रोकथाम तथा नियन्त्रणमा केही राहत र सहयोग पुगोस् भन्ने सामाजिक मनसायले किर्डाक नेपालले कपिलवस्तुका दुई नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा कूल ४ लाख ८२ हजार रकम सहयोग गरेको छ । कपिलवस्तुको विभिन्न स्थानीय तहमा कार्य क्षेत्र बनाई सिड्स परियोजना संचालन गर्दै आएको किर्डाक नेपालले शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकालाई २ लाख ४१ हजारका दरले सहयोग गरेको हो ।
चैत्र ३० गते आइतबार किर्डाक नेपालका कार्यक्रम अधिकृत श्रीबहादुर भण्डारीले शिवराज नगरप्रमुख नेत्रराज अधिकारीलाई २ लाख ४१ हजारको चेक हस्तान्तरण गरेका थिए । यस्तै बुद्धभूमि नगरपालिकाको विपद् कोषको लागि नगरप्रमुख केशबकुमार श्रेष्ठलाई २ लाख ४१ हजारको चेक हस्तान्तरण गरेका छन् ।
दैनिक ज्यालादारी गरी छाक टार्ने विपन्न तथा असहायको घरमा चुलो बलोस् र कोही पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यका साथ आफ्नो संस्थाको कार्यक्षेत्र रहेको दुई नगरपालिकालाई राहतका लागि रकम हस्तान्तरण गरिएको भण्डारीले बताएका छन् । अहिलेको विषम परिस्थितिमा नगरले अपनाएको एकद्वार राहत वितरणबाट नै सबैलाई राहत पुग्ने हुँदा प्रकोप कोषमा सहयोग गरेको भण्डारी बताउँछन् ।
किर्डाक नेपालले सामाजिक विकास र परिवर्तनका लागि किशोर किशोरीको क्षेत्रमा शिवराजको १, २, ३, ५ र ११ नम्बर वडा तथा बुद्धभूमिको ३, ४ र ९ नम्बर वडालाई कार्यक्षेत्र बनाई काम गर्दै आएको छ ।
किर्डाक नेपालद्धारा प्राप्त रकम बुझ्दै शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले संकटको विषम यस्तो परिस्थितिमा यसरी संस्थाले गरेको सहयोग निकै सह्रानीय रहेको बतााउँछन् । अहिले विश्वलाई आतंकित बनाएको कोरोना भाइरसका कारण विपन्न र निम्न आय भएका परिवारहरुको दैनिक सरल होस भनि नगरले राहत वितरण गरिरहेको नगरप्रमुख अधिकारीले बताए । किर्डाक नेपालले गरेको सहयोग रकम विपदमा नै खर्च हुने समेत सो अवसरमा शिवराज नगरपालिका नगर प्रमुख अधिकारीले घोषण समेत गरेका थिए । उक्त अवसरमै बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशब कुमार श्रेष्ठले आजको यस विपद्को घडीमा किर्डाक नेपालले गरेको सहयोगको उच्च मूल्याङ्कन गर्दै आफू पनि बचौ र अरुलाई पनि बचाऔं भन्ने अभियानमा साथ दिन सबैलाई आग्रह गदैं सहयोगको लागि किर्डाक नेपाललाई धन्यवाद दिएका थिए । किर्डाक नेपालले यस्ता विपन्न अरु गरिब, निमुखा परिवारलाई विगतदेखि सहयोग र त्यस सम्बन्धी लक्ष्य कार्यक्रम संचालन गर्दै आएको पनि छ । आगामी दिनमा किर्डाक नेपालले कर्णालीका गरिब, विपन्न, असक्त, असाहय र खान नै नपुग्ने परिवारका लागि सहयोगको योजना बनाई कर्णाली पुग्ने भन्ने हामीले पनि आश र भोरसा गरेका छौं । सयोगका लागि धन्यवाद किर्डा नेपाललाई ।