Breaking News

महाधिवेशनमा युवाहरुलाई समेटेर आफूले टीम बनाउने

१८ साउन, काठमाडौं । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आसन्न महाधिवेशनमा युवा नेताहरुको साथ खोजेका छन् ।

आज काठमाडौंमा युवा नेताहरुसँगको छलफलमा महामन्त्री कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा उम्मेदवारी दिने जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेका हुन् ।

महामन्त्री शशांकले बताए अनुसार संस्थापनइतर समूहबाट आफू साझा उम्मेदवार बन्ने दावी गरेका थिए । हाम्रो टीममा अरु पनि साथीहरु उम्मेदवार हुनुहुन्छ, तर म सबैलाई मिलाएर लैजान सक्छु, त्यसका लागि तपाई युवा साथीहरुको साथ चाहियो ।

महाधिवेशनमा युवाहरुलाई समेटेर आफूले टीम बनाउने पनि बताए । छलफलमा केन्द्रीय सदस्यहरु गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, धनराज गुरुङ, सरिता प्रसाई, रत्ना शेरचन, किरण यादव, बद्री पाण्डे, कमला पन्त लगायत सहभागी थिए ।

युवा नेताहरुले महाधिवेशनमा संस्थापन इतर समूह एक ढिक्का हुनुपर्नेमा जोड दिएका थिए ।

महामन्त्री डा. शशांक कोइराला