Breaking News

घर जान चाहनेहरुलाई उच्च सकर्तकता साथ पठाउने व्यवस्था गर्नुपर्छ

२ वैशाख, काठमाडौं । कोरोना भाइरसका कारण लकडाउन भइरहदा काठमाण्डौं उपत्यकाका कयौ मानिस रोकिएर सबेका छन् तिनीहरुलाई केसरी आआफ्नो घरमा जानका लागि भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यकाबाट वाहिरिन चाहनेलाई उच्च सतर्कताका साथ पठाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले प्राइम टेलिभिजनकोको जनता जान्न चाहन्छन कार्यक्रममा अन्तरवार्ता दिदैँ, सरकारले हिँडेर घरसम्मको यात्रा तय गरेका मजदुर, काठमाडौंबाट घर फर्कन चाहने मानिसहरुलाई उच्च सतर्कताका साथ पठाउने व्यवस्था गर्नु उपयुक्त हुने बताएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन लकडाउन अनिवार्य भएपनि घरको काम गर्न जान चाहनेलाई सतर्कताका साथ जाने व्यवस्था मिलाउनु पर्ने हुन्छ । अध्यक्ष प्रचण्डले २०७२ सालको भूकम्पको बेला स्मरण गर्दै प्रकोप र महामारीले सबै मानिसलाई सामान बनाएकोले सबैले सबैलाई सहयोग अपिल पनि गर्नु भएको छ ।

अध्यक्ष, प्रचण्ड

लेखक : कदर न्यूज