पालिकाकै उत्पादित खाद्ययन्न संकलन गरेर राहत वितरण गछौं

प्रवक्ता : अनरुप रोकाया

वैशाख २, कालिकोट, पचालझरना । कोरोना भाइरसले संसार नै लकडाउनमा रहेको छ । नेपालमा पनि भोलि सम्म रहेको लकडाउन भरखरै सरकारले बैशाख १५ गते सम्मका लागि लम्बाएको छ । यसको असर गरिब तथा ज्यादारी गर्नेहरुलाई त कष्टकर भएकै थियो अब अरु बिपन्न परिवारलाई र अन्य समुदायका परिवारलाई पनि समस्या परिरहेको छ । कोरोना कलडाउन कै क्रममा कर्णाली प्रदेशको कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा रहेका गरिब, विपन्न, असत्तः, असहाय परिवारलाई गाउँमा उपलब्ध खाद्ययन्न सामाग्री संकलन गरेर राहत बाडिएको जानकारी पालिका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष अनरुप रोकायाले कदर न्यूललाई बताउनु भएको छ । प्राय सबैले राहत स्वरुप दिने चामल ,दाल ,तेल नुन, चाउचाउ र अन्य खाद्ययन्न वितरण गरिएको भए पनि पचालझरना गाउँपालिकाको निर्देशन र पालिकाभित्रको खाद्यन्न बाली पालिकाकै बिपन्न परिवारलाई रहत स्वरुप दिंदा राम्रो मेसेज जाने र खाद्यन्न संकलन गरेर छिटो बाड्न समेत सकिने भएकाले यस्तो अबलम्बन गरिएको कुरा पालिका प्रवक्ता तथा ४ वडा अध्यक्ष अनरुप रोकाया बताउनु हुन्छ । हाल यो शुरुवाती पालिका वडा नं ४  बाटै मकै संकलन गरेर खान नपुग्ने र विपन्न परिवारलाई राहत बाड्न शुरु गरिएको वडाअध्क्ष रोकाया बताउनु  हुन्छ ।

प्रवक्ता रोकाया अगाडी भन्नु हुन्छ, गाउँपालिकाले घोषण गरे बमोजिम राहत स्वरुप मकै ५० केजीका दरले बितरण गरिएको हो ।  पालिका वडा नं ४ का फुलटौरा लुवार, नय दर्जि ,सुर्य दर्जि, प्रदिपे दर्जि, मोहनलाल न्यौपाने र बिष्णुशरण न्यौपानेलाई राहत स्वरुप मकै बितरण गरेको गाउपालिका प्रबक्ता एवं ४ वडा अध्यक्ष अरुण रोकायाले हामीलाई जानकारी दिनु भएको छ । उनीहरु अति बिपन्न र गरिब परिवारमा बर्गिकरण गरेर राहत बितरण गरिएको हो । उहाँका अनुसार अब सक्दो प्रयास हामी राहत पालिका त्रिकै खाद्ययन्न खरीद गरि विस्तार नौ वटौ वडामा रहेका विपन्न, गरिब परिवारलाई राहत वितरण गरिने समेत वडा अध्यक्ष रोकायकाले कदर न्यूजलाई बताउनु भएको छ ।