अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता

१६ साउन, काठमाडौं । माधव नेपाल पक्षीय अखिलको नेतृत्वमा अखिल फोर्सको कार्यक्रममा बोल्ने क्रममा नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी छन् ।

आज अखिल फोर्सको राजधानी कोठमाण्डौमा बृहत र्यालीका साथै बबरमहलस्थित कार्की ब्याड केटमा भएको भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पु¥याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने बताइन् ।
‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पु¥याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ’ उनले भनिन् ।
प्रतिगमनकारीले सामान्य प्रयश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ भनेर प्रश्न गरेकी छन् ।

‘प्रतिगमनकारीको अध्यक्षतामा कुममा कुम जोडाएर हामी बस्दैमा कम्युनिस्ट आन्दोलन सुदृढीकरण हुन्छ रु’ उनले प्रश्न गरिन्, ‘चुनावमा मान्छेले भोट हाल्छन् । राजनीति भनेको भन्ने एउटा गर्ने अर्को हो ।’

आफू पार्टी एकता विरोधी नभएको तर कम्युनिस्ट आन्दोलनको विर्सजन कसले गर्यो । पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने बताइन् ।

एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश बन्ने दुईथरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनी प्रश्न गरिन् । ‘यो प्रतिगमन हो कि जनादेश प्राप्त हो, हामी एउटै पार्टीमा हुने हो भने यसमा एउटै धारणा हुन सक्छ कि सक्दैन’ उनले प्रश्न गरिन् ।

त्यसको जवाफ १० बुँदे सहमतिले दिन नसक्ने नेतृ झाँक्रीले बताएकी थिइन् ।