मन्त्रीपरिषद्को बैठक जारी लकडाउन लम्बाउने विषयमा छलफल

२ वैशाख, काठमाडौं । चैत्र ११ बाट जारी लकडाउन बुधबार आर्थत् भोलि बैशाख ३ गते सकिँदैछ । तर कोरोना भाइरस संक्रमित भेटिने क्रम रोकिएको छैन बरु बढ्दै छ । यो भाइरस फैलन नदिन सवैभन्दा उपयुक्त विकल्प भनेको लकडाउन (बन्दाबन्दी) नै भएकाले लब्याउनुको विकल्प नभएको निष्कर्षमा सरकार पुगेको छ । र अरु देशले पनि लकडाउन थपेका थपै छन् ।
सोही निष्कर्षका आधारमा जारी मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्ने बताइएको छ । त्यसमा बारेमा बैशाख भरी नै लम्बाउने हुन पनि सक्छ । तर मन्त्रीपरिषद्को बैठकले के निर्णय गर्छ त्यो भने एक छिनमा थाहा हुने नै छ ।