Breaking News

अष्ट्रेलियामा नेपाली बिद्यार्थीको पिडा र नेपाल सरकारको पहल

२ वैशाख, काठमाडौं । कोरोना भाइरसले विश्व नै थर्कमान भइरहेको बेला अष्ट्रेलियामा करिब ६३ हजार नेपाली विद्यार्थी उच्च अध्ययनका क्रममा छन् पुगेको थथ्यांक रहेको छ । कोरोना भाइरसले अष्ट्रेलियमा सात हजार संक्रमणमा परेको र ६३ जनाले ज्यान गुमाएको अवस्था छ । कोरोना नियन्त्रणका लागि गरिएको आंशिक लक डाउनका कारण थुप्रै उद्योग धन्दा बन्द रहँदा यसको प्रत्यक्ष मार त्यहाँ कार्यरत विद्यार्थीमा परेको पनि छ ।
महँगो शिक्षा र बसोबास अनि कोरोनाको महामारीका बीच नेपाली विद्यार्थीलाई समस्याले पिरोलेको खबर बाहिर आएका छन् । त्यसमाथि अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थी आफ्नै देश फर्कन सक्छन् भन्ने अभिव्यक्तिले हाम्रो समाज र अभिभावकमा समेत नकारात्मक सन्देश परेको छ । तर भोलिका दिनमा त्यहाँको सरकारले कस्तो रणनीति अपनाउँ छ र नेपाल सरकारले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको बारेमा के कस्तो पहल गर्छ त्यो भने भोलिका दिनमा आउने छ ।

लेखक : कदर न्यूज