जे सुकै भएको होस् एम्नेष्टि । आउनुस् मिलेर काम गरौं

अध्यक्ष, केपी शर्मा ओली

७ साउन, काठमाडौं । सत्ता बहिर्गमन संगै सितिल र साम्य देखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पुष्पलालको स्मृति दिवसका अवसरमा बाटो बिराएका नेताहरुलाई आममाफी दिने घोषणा गरेका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा ललितपुरको च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका छन्, ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।

उनले अघि भने, ‘जे सुकै भएको होस् एम्नेष्टि । आउनुस् मिलेर काम गरौं ।’