बहिर्गमित जनमुक्ति सेना नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट: मागको सुनुवाई र बजेटमा समेटिएका कार्यक्रमलाई निरन्तरता दिन अनुरोध

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना (बाल सेना) नेपालले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जनमुक्ति सेनाका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको हो ।

प्रधानमन्त्री देउवासंगको भेटमा जनमुक्ति सेनाका पदाधिकारीहरुले सरकारसँग आफूहरुले उठाउँदै आइरहेको मागहरुको बारेमा अबगत गरेको र अघिल्लो केपी ओली सरकारले जनमुक्ति सेना नेपालका माग लाई सम्बोधन गरेको र अबको सरकारले पनि निरन्तरता दिन माग गरेको छ । साथै छलफलमा जनमुक्ति सेनाले अघिल्लो सरकारले ल्याएको बजेटमा जनमुक्ति सेना नेपालको मागलाई सम्बोधन गर्दै समेटिएको मागलाई पनि अब ल्याइने बेजेटमा सो कुरा समेटिनु पर्ने माग राखेको अध्यक्ष रमेश बसेल (करणले) बताउनु भयो ।

बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका अध्यक्ष करणका अनुसार आजको छलफलले सार्थकता पाउनेमा आफूहरु विश्वस्त रहेको समेत बताए ।

यही माग र सम्बोधनका लागि गएकोे साउन १ गते ऊर्जामन्त्री समेत रहेको नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग भेटघाट गरेका थिए ।
अर्थमन्त्रीसँगको भेटघाटमा ओली नेतृत्वको सरकारले सुरु गरेका कार्यक्रमहरुको निरन्तरता दिन आग्रह गरेका थिए ।

बहिर्गमित ओली नेतृत्वको सरकारले बहिर्गमित पूर्वजनमुक्ति सेना लगायत लोकतन्त्रका अन्य सम्पूर्ण योद्धा सम्मान कार्यक्रम र द्वन्द्वपीडित परिवारलाई स्वरोजगार बनाउने निर्णय गर्नुका साथै बजेटमा बिनाधिदो २५ लाखसम्म रकम दिने, द्धन्द्ध पिडित परिवारलाई स्वरोजगारको व्यवस्था गर्ने लगायतका कार्यक्रम समेटेको थियो भने गएको बैशाख १ गते लोकतान्त्रिक योद्धालाई प्रमाणपत्र र खादा ओडाएर सम्मान समेत गरिएको थियो ।