काठमाण्डौ पेस्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि, एकको रिर्पोट आउन बाँकी

२ वैशाख, काठमाडौं । कोरोना भाइरसबाट मुलुक लकडाउनको अवस्थामा रहेको बेला राजधानी काठमाण्ठौ. पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका तीन जनामध्येमा दुई जनामा कोरोना भाइरस (कोभिड (१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । संक्रमित तीननैजना २८ दिनअघि बेलायतबाट काठमाण्डौं फर्किएका थिए । हिजो सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
तीनजना मध्ये दुई जना (छोरा र बुहारी) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक (आमा) को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए र्। यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन ।