किन हुन्छ एलर्जी, कसरी बच्ने ?

हाम्रो शरीरभित्र कुनै पनि बाहिरी तत्वको प्रवेश गर्दा शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिक्रिया देखाउने गर्दछ । जुन छालामा देखिने गर्दछ, यसलाई हामी एलर्जी भन्ने गर्छौं ।

हिजोआज बढ्दो प्रदूषण र धूवाँधूलोका कारण हाम्रो शरीरका छालाहरूमा नकारात्मक असरहरू देखा परेका छन् । जाडो समयमा यसको प्रभाव अझ बढी देखिने चिकित्सकहरु बताउँछन् ।

प्रदूषणको कारण छालामा दाग आउने, डण्डीफोर आउने समस्या दिनानुदिन बढ्दै गएको छ । यसलाई हामी छालाको एलर्जी भन्ने गर्छौं । छाला चिलाउनु, रातो हुनु, दाग देखिने पानीका फोकाहरू आउने हुन्छ । साथै शरीरको छाला निस्केर पनि जान सक्छ । जसका कारण मानिसहरूलाई अनेकौं समस्या आउने गर्दछ ।

बदलिँदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी) एलर्जिक अस्थमा (श्वास) र स्किन एलर्जी, खाद्य पदार्थको एलर्जी हुने गर्दछन् । कतिपय एलर्जीहरू निकै घातक हुने गर्दछन् । विशेषगरी बारुला, कीरा, माकुरा, अरिंगालले टोक्दा पनि शरीर सुन्निने तथा चिलाउने हुन्छ, जसका कारण सास फेर्न गाह्रो हुने, छाती दुख्ने वा पोल्ने समस्या देखा पर्दछ ।

एलर्जीको मुख्य कारण

घरबाट बाहिर निस्किँदा धूलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्छ । त्यसैगरी घरपरिवारमा पाल्ने पाल्तु जनावरहरू कुकुर, बिरालोबाट एलर्जी हुने जोखिम बढी हुन्छ ।