Breaking News

माधव नेपाल निवास कोटेश्वरबाट माओवादी अध्यक्ष प्रचण्ड निस्के लगत्तै जसाप अध्यक्ष उपेन्द्र यादवको प्रवेश

५ साउन, काठमाडौं । आज निेपाल निवास कोटेश्वरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेता नेपाललाई भेट्न आज बिहान सवा आठ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएका थिए ।

प्रचण्ड फर्किएलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव नेपाल निवासमा प्रवेश गरेका छन् ।

भेटमा भएको कुराकानीको विषय खुलेको छैन । यद्यपि समसामयिक राजनीति र सरकार सन्चालनका विषयमा कुराकानी भएको स्रोतले बतायो ।