भगवतिको राममन्दिरमा खानेपानी एक घर एक धारा

४ श्रावण, बेनि  । म्याग्दिको रघुगंगा गाँउपालिका २ भगवतीको राममन्दिरमा खानेपानी सुबिधा सँगै सामाजिक द्धन्द्ध हटेर शान्ति र मेलमिलाप कायम भएको छ ।

रामन्दिरका सबै ७६ घर धुरीमा प्रति एक धारा जडान गरेर खानेपानी वितरण भएको छ । रघुगंगा गाउँपालिकाले सञ्चालन गरेको भगवतीका सबै घरमा नीजिधारा मार्फत खानेपानी विस्तार गर्ने योजना पहिलो पटक रामन्दिरमा कार्यान्वयन भएको हो ।

घरघरमा जडित नीजि धारा नियमित रुपमा प्रर्याप्त मात्रामा खानेपानी आपुर्ती हुन थालेपछि पानीकै कारणले हुने सामाजिक द्धन्द्ध हटेर मेलमिलाप, शान्ति र सद्भाव कायम गर्ने सहयोग मिलेको राममन्दिर टोल विकास संस्थाका अध्यक्ष शिवध्वज कार्कीले बताउनु भयो । यसअघि सार्वजनिक धारा, कुवा, पधेरा र खोल्साको पानी उपभोग गदै आएका थियौ । पानीको स्रोत कम हुँदा बिवाद र झगडा हुने गरेको थियो । विवादले हैरान भएका थियौ । स्थानिय धन बहादुर के.सी ले कदर न्यूजलाई बताउनु बताउनु भयो । घरघरका धारामा पानी आउन थालेपछी बिवाद र झगडा समाधान भएको छ ।
रघुगंगा गाउँपालिकाको रु. ४९ लाख अनुदान सहयोग र स्थानीयबासीको रु. १२ लाख बराबरको श्रमदानमा आयोजना निमार्ण सम्पन्न भएको हो । घट्टटोलको मुहानबाट ल्याएको पानी २ वटा ६ हजार र २ वटा ५ हजार लिटर क्षमताको टंकीमा संकलन गरी आठ किलोमिटर पाईपलाइन मार्फत प्रत्येक घरमा वितरण गरीएको छ ।

Open PhotoOpen Photo

खानेपानीको पाइपलाइन र धारा जडानका लागी उपभोत्ताले प्रतिघर सात दिनका दरले श्रमदान गरेका थिए । राममन्दिर ,सिरुवारी, च्युरीबोट, ओखरबोट, बिसौना, रानीचौतारी, रोहटेपानी र स्यानोघर टोलमा खानेपानि सुविधा भएको छ ।
आगानकै धारामा शुद्ध र सफा पानी आउन थालेपछी सुविधा सँगै समयको बचत भएको स्थानिय पशुपति के.सी ले बताउनु भयो । खडेरीमा घन्टौं पालो कुरेर बस्नुपर्दा निकै दःुख थियो अहिले चाहिएको बेलामा आवश्यकता अनुसार उपभोग गर्न पाएका छौ उहाँले बताउनु भयो । वडा अध्यक्ष रिम कटुवालका अनुसार रघुगंगा गाउँपालिकाले बि.स.२०७५ मा रु. पचास लाख विनियोजन गरेर गौरवको आयोजना रुपमा करिव दुई हजार घरधुरीको बसोबास भगवतीमा नीजि धारा सहितको खानेपानी योजना सुरु बताउनु भयो ।

पहीलो बर्ष सिजलगाँउ र देउपुर्णमा निमार्ण गरेको खानेपानी आयोजनालाई सुधार र ब्यस्थित गर्दै छौ । आगामी आर्थिक बर्षमा रिनीचौतारी,माझखर्क र चौरका सबै घरमा खानेपानी वितरण गर्न २५ लाख बिनियोजन भएको छ । साझापानी, हटीया,मैदान र पखटोलमा प्रदेश सरकारले खानेपानी आयोजना गरिरहेको छ ।