Breaking News

विश्वासकोे मतको बारेमा छलफल जारी संगै माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य बैठक हलबाट बाहिरिए

काठमाडौं । पुनस्थापित प्रतिनिधिसभा बैठक चलिरहेको छ । दलीय नेताहरुले बोल्ने क्रम जारी छ तर नेकपा एमालेको माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य बैठक हलबाट बाहिरिएका छन् ।

राजेन्द्र महतो र महन्थ ठाकुर जस्ता प्रतिगामीले पनि विश्वासको मत दिने भएपछि बैठकबाट बाहिरिएको सांसद झपट रावलले जानकारी दिए ।

सांसद यज्ञराज सुनुवारले पार्टी एकता कायम होस भनेर केही सांसद बाहिरिएको बताए ।

विश्वासको मतका लागि आवश्यक पर्ने गरी मात्र माधव पक्षका सांसदहरूले मत दिने रावलको भनाइ छ ।

यद्यपि जसपाको महन्थ पक्षले विश्वासको दिने भएपछि देउवालाई बहुमतका लागि माधव पक्षको मत अनिवार्य छैन ।

 

लेखक :