भारतद्धारा बैशाख २१ गे सम्मका लागि लकडाउन थप

२ वैशाख, काठमाडौं । कोरोना भाइरसले बिछेत्त्र नै बनाउन थालेपछि भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दै लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् । यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ । ३० अप्रिलदेखि भने अत्यावश्यक कामका लागि छुट दिन सकिने प्रधानमन्त्री मोदीले बताएका छन् । भारतमा हालसम्म करिब साढे १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।