राष्ट्रपति ट्रम्प तनावमा पत्रकारलाई जथाभावी मुख छाडे आखिर किन ?

२ वैशाख, काठमाडौं । कोरोना भाइरका कारणले विश्वकै सबैभन्दा बढी मर्नेको संख्या र संक्रमित हुने संख्याको पनि एक नम्बरमा रहेको अमेमिकाको ह्वाइट हाउसको कोरोनाभाइरस टास्क फोर्सको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो केही दिनदेखि नयाँ संक्रमितको संख्या स्थिर भएको जानकारी दिएका छन् ।
ट्रम्पले हिजोको सोमबारको पत्रकार सम्मेलनमा बोल्दै ‘न्यूयोर्क, न्यू जर्सी, मिशिगन र लुसियानाजस्ता हटस्पटमा अस्पताल भर्ना हुने प्रक्रिया सुस्त भएको छ । किनभने अमेरिकीले निर्देशनको पालना गरिरहेका छन् । तपाईं चार्ट पनि हेर्न सक्नुहुन्छ । सुरुमा एक लाख बढी मृत्यु हुने बताइएको थियो । हाम्रो संख्या कम हुनेछ । यसको ठोस् प्रमाण यो हो कि हाम्रो आक्रामक नीतिले काम गरिरहेका
छन् ।
आयोजित पत्रकार सम्मेलनमा ट्रम्प अमेरिकी मिडियामा कोरोनाभाइरस बारे समाचार सम्प्रेषणका लागि पत्रकारसँग रुष्ट देखिए । ट्रम्पले एउटा भिडियो देखाउँदै त्यसलाई नक्कली समाचारको प्रमाण बताए । ट्रम्पले भने, ‘म आलोचकहरुलाई महत्व दिन्नँ तर जब आलोचना गर्नेहरु गलत हुन्छन् तब भन्न आवश्यक छ ।
जब सिबिएसकी पत्रकार पाउला रीडले ट्रम्पलाई उनले फेब्रुअरी महिनामा कोरोनाभाइरसको संक्रमण रोक्नका लागि के काम गरे भनेर सोधिएको प्रश्न जवाफ दिन अस्विकार गरिरहे । अन्त्यमा ट्रम्प पाउला रीडमाथि भड्किँदै भने, ‘तपाईं झुटो हुनुहुन्छ भनेर तपाईंलाई थाहा छ ? के तपाईंलाई थाहा छ ? तपाईंको पूरा कभरेज गलत छ । यो पत्रकार सम्मेलनमा अमेरिकाका संक्रमित रोगका विशेषज्ञ डा. एन्थोनी फाउचीले पनि ट्रम्पको समर्थन गर्दै कोरोना भाइरसको संक्रमणको गतीमा कमी आएको बताए । डा. फाउचीले आइतबार एक अन्तर्वार्तामा यदि अमेरिका पहिलेदेखि नै सतर्क रहेको भने कम मानिसको मृत्यु हुने उनले बताएका थिए । उनले अब त्यसमा शब्द चयन राम्रोसँग नगरिएको स्पष्टिकरण दिए ।
डा. फाउचीको उक्त अन्तर्वार्तापछि ट्रम्पले उनलाई संक्रमित रोगको प्रमुखबाट हटाइदिने अड्कलबाजी गरिएको थियो । फाउचीले भने, ‘मलाई काल्पनिक प्रश्न सोधिएको थियो र यस्ता प्रश्नले थुप्रै पटक समस्या निम्त्याउँछ । अन्तर्वार्तामा सोधिएको प्रश्नको जवाफको शब्द चयन राम्रोसँग गरिएको थिएन ।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारी रोक्नका लागि आफूले सबैकुरा राम्रो गरिरहेको बताए । ट्रम्पले भने, ‘जब मैले सुरुवातमा नै संक्रमण रोक्नका लागि प्रतिबन्ध लगाएँ, त्यतिबेला पनि मेरो निकै आलोचना भयो ।
अमेरिकामा ३० लाखमाथि कोरोनाभाइरस परीक्षण गरिएको ट्रम्पले बताए । उनले दैनिक १५ हजार जनाको परीक्षण भइरहेको पनि जानकारी दिए । अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसका ५ लाख ८६ हजार ९ सय ४१ जना संक्रमित छन् भने २३ हजार ६ सय ४० को मृत्यु भएको जनाइएको छ ।