जवाफ कोही सँग छ ? बिरगंजमा कोरोना कहाँ बाट आयो ? भारत वा नेपाल ? सोचनीय विषय !

१ वैशाख, वीरगञ्ज । कोरोना कहरले अहिले देश लकडाउनको अवस्थामा गुज्रिरहेको छ । कोरोना भाइरसका विरामीको संंख्य बढ्ने क्रममा पनि छ । तराईको पर्सा छप्कैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीनजना भारतीय नागरिकमा चैत्र ३० आइतबार कोरोना संक्रमण दखिएर उनीहरु अहिले साइसोलेसनमा रहेका छन् । यस घटनाले वीरगञ्जमा जति त्रास र त्यतिै मात्रामा नेपालमा त्रासको तनाब फैलिएको छ । त्यसमा पनि कोरोना संक्रमितले झूठो वयान दिँदा उत्पन्न भएको भएको तनाव अझै बिग्र छ । ती तीन जनामा कोरोना कहाँबाट सर्यो त्यसबारेमा सरकारले अहिलेसम्म त्यस बारेमा कुनै भेऊ पाउन सकेको छैन ।
विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले समेत बारम्बार भन्दै आइरहेका छन्, कोरोनाको लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था वा स्थानीय सरकारको सम्पर्कमा जानोस् । बिरामीले आफ्नो यथार्थ हिस्ट्री बताएर कन्ट्याक ट्रेसिङमा सहयोग गर्नुहोस् ।  संक्रमति तिनीहरुले सुरुमा आफूलाई नेपाली नागरिक जस्तो देखाउनका लागि नेपाली भाषामै कुरा गरे पछि बुझ्दै जादा त उनीहरु भारतीय नागरिक रहेछन् ।
तिनीहरु भारतको दिल्ली फर्कने टिकट समेत साथमा रहेका उनीहरुले आफूहरु केही महिनादेखि नै नेपालमा रहेको र सप्तरी, सुनसरी, मोरङतिर विभिन्न मस्जिदमा घुमेर वीरगञ्ज आइपुगेको वयानमा भनेका थिए । यदि तिनीहरुले भनेको बयान सत्य र तथ्य हो भने उनीहरुमा नेपालबाटै कोरोना संक्रमित भएको मान्नुपर्ने हुन्छ । किनभने उनीहरु गएका जिल्ला मोरङ, सुनसरी र सप्तरीमा समेत यसले आशंका बढाउनेछ ।
कोरोना भाइरसबाट संक्रमितहरु दिल्लीका ४५ बर्षीय, उत्तर प्रदेशका ५५ बर्षीय र दिल्लीकै ३७ बर्षीय व्यक्ति रहेका छन् ।
कोरोना भाइरसबाट संक्रमित तीनैजना भारत फर्कनु अघि एक चोटी चेकजाँच गरौं भनेर चैत २७ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा चेकजाँच गराएका थिए । सोही दिन थ्रोट स्बाव संकलन गरेर हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । चैत २८ गते शुक्रबार नै प्रयोगशालाले तीनजनाको रिपोर्ट पोजेटिभ देखिएको भन्दै पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशाला लैजाने जानकारी गराएको थियो । त्यसपछि ति संक्रमितलाई बोलाएर वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसनमा राखिएको थियो । शनिबार बेलुका नै उनीहरुको रिपोर्ट पोजेटिभ नै देखिएको हो । तर, त्यसको जानकारी स्वास्थ्य मन्त्रालयले आइतबार दिउँसो मात्रै सार्वजनिक गर्यो । तर अहिले उनीहरुको स्वास्थ्य सुधारत्मुख भए पनि उनीहरुले अरु नेपाली नागरिकलाई कति सारे भन्ने तथ्यांक भने थाहा छैन । यस बारेमा सरकार पनि अनभिज्ञ नै छ । तर जनजिवन भने त्रासमा बगिरहेको छ ।
अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायको संयुक्त टोली पनि सँगसँगै लागिपरेको छ । संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका ५९ जनाको र्यापिड टेस्ट भइसकेको छ । उनीहरुको सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । तर, यी तीनजना व्यक्तिहरुमा नेपालबाटै कोरोना र्सयो कि भारतबाट ? आजसम्म सरकारी टोली निश्कर्षमा पुग्न सकेको छैन ।
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीकाअनुसार संक्रमितहरुको पीसीआर विधिबाट नै परीक्षण गरिएको हो र उनीहमा भाइरस लोड अत्याधिक देखिएकाले संक्रमण भएको ५र७ दिनभन्दा धेरै भएको छैन भन्ने अनुमान गर्न सकिन्छ । तर उनीहरुले लामो समयदेखि नेपालमै छौं भनिनरहेका छन् । उनले भने, उनीहरुले जेजे भनिरहेका छन् त्यो र कोरोनाको विज्ञान मिलिरहेको छैन । कन्ट्याक्ट ट्रेसिङका लागि नेपाली सेना समेत सहभागी भएको संयुक्त कार्यदल खटिएको छ । वीरगञ्जस्थित चण्डीनाथ गणका गणपति मदनजंग राणासमेतको अगुवाइमा संक्रमितको सम्पर्कमा आएका व्यक्तिबारे सूचना संकलन गर्ने, रिपोर्ट तयार गर्ने र ट्रयाक गर्ने काम भइरहेको छ ।
‘संक्रमित तिनैजना आइसोलेसनमा छन्, उनीहरुसँग कुराकानी गर्न नमिल्ने हुँदा अरुकै कुराको भर पर्नुपर्ने अवस्था छ, उनीहरुले बाहिरबाट संक्रमण लिएर आएका हुन् वा यहाँ आएपछि सरेको हो, केही पत्ता लाग्न सकेको छैन,’ राणाले भने ‘संक्रमितको प्रत्यक्ष सम्पर्कमा को को गएका छन्, एकपछि अर्को व्यक्ति पहिचान गर्दै जाने हो, त्यसमा लागेका छौं । धेरै ठाउँमा घुमेको र वीरगञ्ज आएकै पनि धेरै दिन भइसकेकाले उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको पहिचानमा समस्या भइरहेको उनी बताउँछन् ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग र विश्व स्वास्थ्य संगठनबाट आएका ५ सदस्यीय टोलीले पनि कन्ट्याक्ट ट्रेसिङ शुरु गरेको छ । टोलीले जनस्वास्थ्य कार्यालयका अधिकारी, नारायणी अस्पतालका चिकित्सकसँगको छलफलपछि संक्रमितसँग ट्राभल हिस्ट्री बुझेर सोमबारबाटै कन्ट्याक्ट ट्रेसिङ शुरु गरेको छ ।
कोरोना भाइरस भनेको चीनबाट उत्पत्ति भयो, ट्राभल गर्ने मानिसले विश्वभरि फैलाए भनेर बुझ्दै आएको हो’ डा. खनालले भने ‘उहाँहरु डिसेम्बरदेखि नेपाल बाहिर गएको छैन, बाहिरका मानिसले हामीलाई भेटेको छैन भन्नुहुन्छ, कहाँबाट संक्रमित भए त भनेर जरो पत्ता लागेको छैन । एक सुरक्षा अधिकारीका अनुसार ‘संक्रमित र उनको समूहका व्यक्तिले मोरङ, सुनसरी र सप्तरीमा घुमेको दाबी गरे पनि उनीहरु दिल्लीबाटै नेपाल आएका र उतै र्फकने टिकट लिएको पाइएकाले भारतबाटै कोरोना संक्रमित भएर नेपाल आएको हुनुपर्छ । पूर्वी तराईमा घुमेको दाबी प्रमाणित हुन बाँकी छ ।  संक्रमित तीनजना र उनीहरुको समूहमा रहेका विभिन्न व्यक्तिले दिएको वयान अनुसार संक्रमित तीन जनासहित १४ जनाको टोली १८ डिसेम्बर २०१९ मा बिराटनगरबाट नेपाल प्रवेश गरेर रानीस्थित मस्जिदमा बसेको थियो ।
डिसेम्बर २० देखि ३० तारेखसम्म उनीहरु सुनसरीको दुबहीस्थित जामे मस्जिदमा बसेका थिए । त्यसपछिको पछिल्लो तीन हप्ताको भ्रमण विवरण खुलेको छैन । प्रहरीका अनुसार २१ मार्चमा अर्थात चैत ८ गतेदेखि १३ सम्म वीरगञ्ज(१ बजार छप्कैयाको मस्जिदमा एकसाता बसेको भनिएको छ । त्यसपछि मार्च २६ तारेख (चैत १३) देखि उनीहरु वीरगञ्ज(२ छपकैया प्रहरी बिटसँगै रहेको यतिम खाना दारुल यातमा ईस्लामिया मस्जिद (मक्की जामे मस्जिद) मा बसेको विभिन्न व्यक्तिको वयान उधृत गर्दै प्रहरी स्रोत बताउँछ ।
मक्की जामे मस्जिदमा जमातीहरुको व्यवस्थापनमा खटिएका शेख सकिल मियाँका अनुसार जनवरी १ देखि १३ फेब्रुअरीसम्म सुनसरीको इनरुवामा बसेर उनीहरु १४ फेब्रअरीमा सप्तरी निस्केका थिए । सप्तरीको बोदे बसाईन नगरपालिकामा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी भएर फेब्रुअरी १९ तारेखमा वीरगञ्ज आएका थिए । त्यस दिन वीरगञ्जमा बसेर उनीहरु फेब्रअरी २० तारेखमा वीरगञ्जकै सुगौली गाउँस्थित मस्जिदमा गएका थिए । त्यहाँ रहेका ५-६ वटा मस्जिदमा उनीहरुले एक महिना बिताएका थिए ।
मार्च २० गते उनीहरु वीरगञ्जकै मर्कजमा फर्केका थिए । मर्कजमा नेपाल र भारतका जमातीहरु भेला हुने गर्छन् । जमातीहरु घुम्ने क्रममा मस्जिदमा हुने धार्मिक प्रवचनहरुमा सहभागी हुने गरेको मियाँ बताउँछन् । ‘जमातमा धार्मिक प्रवचनहरु हुन्छन्, धार्मिक प्रवचनमा समुदायका अन्य धेरै मानिसहरु पनि सहभागी हुन्छन् ।
कट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री संकलनका क्रममा संक्रमित व्यक्तिमध्ये एकजना जमाती समूहका र अर्का एक व्यक्ति रक्सौलको एटीएममा पैसा निकाल्न गएको तथ्य खुलेको छ ।
फेबु्रअरी २६-२७ गतेतिरै उनीहरु रक्सौल गएर एटीएमबाट पैसा निकालेर फर्केका थिए । एटीएमबाट पैसा निकालेको तथ्य खुले पनि यसवीचमा उनीहरु वीरगञ्जमा कहाँ कहाँ घुमे र कोकोसँग सम्पर्क गरे भन्ने सबै खुलिसकेको छैन । त्यसबेला नेपाल र भारत दुवै देशमा लकडाउन आह्वान भइसकेको थिएन ।
वीरगञ्जमा कोरोना समुदायस्तरमै फैलिसकेको हो कि ?
वीरगञ्जमा भारतीयहरुमा मात्र कोरोना भेटिएको होइन, उहाँ अर्को पनि केस देखापरेको छ । वीरगञ्जबाटै कैलाली गएकी एक महिलामासमेत कोरोना संक्रमण पुष्टि भएको छ । यसले वीरगञ्जमा कोरोना समुदाय स्तरमै फैलिसकेको हो कि भन्ने आशंका उब्जिएको छ । तर, यी दुबै केसमा संक्रमणको उद्गम पत्ता लाग्न नसकेको अवस्था छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय वीरगञ्जमा भेटिएको केसलाई गम्भीर रुपमा लिनुपर्ने बताउँछन् ।
संक्रमित क्षेत्रमा गएर आएको छैन भन्छन्, पर्सामै संक्रमित व्यक्तिको सम्पर्कमा आए भनौं भने यसअघि केस देखिएको थिएन । तर, उनीहरुको भनाइलाई काट्न सक्ने कुनै आधार हामीसँग छैन । ट्राभल हिस्ट्री बिरामी र उनीहरुसँग आएका मानिसहरुले भनेकै कुरालाई मान्नुपर्छ ।
डा. उपाध्यायले भने अहिले संक्रमण कसरी भयो भन्ने कुरा नै यक्ष प्रश्न बनेको छ । हामी त्यही प्रश्नको उत्तरको खोजीमा छौं ।
यापिड टेस्ट किटको अभाव यसैवीच, संक्रमितको सम्पर्कमा आएकाहरुको र्यापिड टेस्ट गर्नका लागिसमेत किटको पर्याप्तता नरहेको चिकित्सकहरुले बताएका छन् । ‘संक्रमितको अवस्था सुधारोन्मुख छ, कन्ट्याक्ट ट्रेसिङ र र्यापिड टेस्ट पनि भइरहेको छ,’ डा. उदयनारायण सिंहले भने ‘संक्रमितको सम्पर्कमा आएकाको मात्रै टेस्ट गर्दा पनि किटको अभाव हुने देखिएको छ । यसले के स्पट देखाउछ भने खास ति संक्रमति कताबाट भएर आए त ? नेपालमै सक्रमित भएका हुन भने यसले विकरात स्थिति लिन सक्छ वा भारतबाटै संक्रमित भएर आएाक हुन भने उनीहरुले कति जनालाई सारे त त्यो पनि ज्यादै जोखिमको समस्या रहेको छ । यस बारे सरकारले के कति प्रभावकारी गरेको छ ? आज मानवजातिको लागि पिडादायक विषय खडा तेस्रिएको छ ।

स्रोत :अनलाइन खबर