Breaking News

प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्रीसहित सहभागी

प्रदेश २ मा नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्रीले शपथ लिएका छन्। केन्द्रमा रहेको गठबन्धनलाई प्रदेशमा निरन्तरता दिने क्रममा भरत साहलाई आन्तरिक मामिला र सञ्चार र सोही मन्त्रालयमा रुवी कर्णलाई राज्यमन्त्री बनाइएको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले सेतोपाटीलाई बताए ।

शनिबार प्रदेश प्रमुख राजेश झा (अहिराज) ले आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा भरत साहलाई र रुबी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले राज्यमन्त्रीमा शपथ खुवाएका हुन्।

जसपाका तर्फबाट आन्तरिक मामिला र सञ्चारमन्त्री रहेका ज्ञानेन्द्र यादव र सोही मन्त्रालयका राज्यमन्त्री सरोज सिंहलाई फिर्ता बोलाएर साह र कर्णलाई सपथ खुवाइएको हो ।