Breaking News

मस्तिष्क घात भएर बिरामी भएका पोखरा महानगरपालिकाका मेयरको शल्यक्रिया हुंदै

२ असार, पोखरा । उच्च रक्तचापका कारण मस्तिष्क घात भएर काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भएका पोखराका मेयर मानबहादुर जिसीको अप्रेसन हुने भएको छ । सुरुमा पोखराकै मणिपाल अस्पतालमा प्राथमिक उपचारपछि सम्भव नभए पछि काठमाण्डौं काो न्यूरो अस्पतालमा शल्याक्रिया भइरहेको छ । उच्च रक्तचापका कारण नसामा असर पुगेर सुन्निएपछि शल्यक्रिया गर्न लागिएको सचिवालयले जानकारी दिएको छ ।

हिजो शुक्रबार बिहान बजे स्वास्थ्यमा समस्या देखिएपछि मेयर जिसीलाई अस्पताल लगिएको थियो । उपचारमा संग्लग्न चिकित्सकले उनको मस्तिष्कघात भएको पुष्टि गरेका थिए ।

पोखराकै मणिपाल अस्पतालमा प्राथमिक उपचारपछि उनलाई दिउँसो हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो । मस्तिष्कघातका कारण नसामा असर पुग्दा शरीरको देब्रे समस्या देखिएको सचिवालयले जानकारी दिएको छ ।