Breaking News

ठाकुर पक्षमा लागेका ५ जना सांसद यादव पक्षमा सहभागी

जनता समाजवादी पार्टी (जसपा) भित्रको सत्ता झगडाले अहिले सो पार्टीै दुई भागमा बिभाजित छ । अध्यक्ष महन्थ ठाकुर पक्ष एमाले अध्यक्ष केपी शर्मा ओली को सर्मथन गरिहरहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादम समूह पाँच दलीय गठबन्धनमा सहभागि छ । पछिल्लो चरणम ओलीको सत्ता बहिर्गमित संगै महन्थ ठाकुर पक्षमा लागेका जसपाका ५ जना सांसद अध्यक्ष उपेन्द्र यादव पक्षतिर लागेका छन्।

ठाकुर पक्ष छोडेर यादव पक्षमा लाग्ने सांसदहरुमा अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाथ यादव हुन्।

उनीहरू अहिले बालकुमारीस्थित संसदीय दलको अनौपचारिक बैठकमा सहभागी भएको स्रोतले बताएको छ । जसपामा लागेका प्रमोद साहबाहेक अरू समानुपातिक सांसद हुन्। साह भने सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन्। उनी यसअघि पनि संसद विघटनको विपक्षमा उभिएका थिए। उनी महन्थ ठाकुरले बोलाएको बैठकमा उपस्थित थिएनन्।