Breaking News

अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्ने

१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री पदबाट हटेपछि आज शुक्रबार पहिलो पटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अदालतले कीर्ते कागजलाई मान्यता दिएको दाबी गरे । ‘निवेदक र बार एशोसिएसनको दबाबमा इजलास बनेसँगै षड्यन्त्र शुरु भएको थियो । यो फैसलामा हाम्रो सहमति छैन । तर हामी लोकतन्त्रवादी भएकाले कार्यान्वयन गरिसकेका छौं ।

एमालेविरुद्ध अझै षड्यन्त्र हुने भन्दै उनले अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास हुनसक्ने बताए । ओलीले अघि भने, ‘सदन छोटो समय बसेर टुंग्याउन सक्छन्, प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन् । दमनको शुरुवात हुनसक्छ ।’

अध्यक्ष, केपी शर्मा ओली