Breaking News

लकडाउनको मौका छोपी खाद्य व्यापारीद्धारा मनोमानी मुल्य र्निधारण, जनता मारमा

कदर न्युज

१ वैशाख, काठमाडौं । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि भनेर सरकारले लकडाउन गरेका बेला थोक तथा खुद्रा बिक्रेताले खाद्यवस्तुको मनोमानी मूल्य निर्धारण गरी बिक्री गरिरहेका छन् । गएको एक सातामा चामल, दाल, गेडागुडी, तेल, चिनी, नुन जस्ता खाद्य वस्तुको मूल्य अस्वाभाविक रुपमा बढाएको पाइयो ।
प्रया मानिसले भोजनको रुपमा दिनप्रतिदिन खाने चामलको प्रतिबोरा ९ सय ५० रुपैयाँ भन्दा बढी मूल्यका चामल बोरामै एक सय रुपैयाँले भाउ बढेको खुद्रा ब्यापार संघले जनाएको छ । एक हप्ताअघि १५० रुपैयाँ पाइएको मुसुरोका दालमा किलोमै १५ देखि २५ रुपैयाँ, १५० रुपैयाँको मुग दालमा ३० रुपैयाँ तथा मासको दाल १३० रुपैयाँ प्रतिकिलोबाट ३० रुपैयाँले बढेर १६० रुपैयाँ बढाइएको छ ।
खुद्रामा चिनीको मूल्य ७५ रुपैयाँ किलोबाट १० रुपैयाँले बढाएर ८५ र्पुयाइएको छ । भटमासको तेल प्रतिलिटरमा १५ रुपैयाँ तथा सनफ्लावर तेलमा पनि ४० रुपैयाँले मूल्य बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।
यसरी मनोमानी मूल्य बढाए पनि थोक बिक्रेताले खुद्रा व्यवसायीलाई बढेको मूल्यमा खरिद बिल जारी गर्न नमानेको नेपाल खुद्रा व्यवसायी संघका एक सदस्यले बताएका छन् । अचानक मूल्य बढाए, बढेको मूल्यको बिल दिदैंनन, भाउ बढ्दा उपभोक्तालाई जवाफ दिन नसकिने भइयो जस्ता कुरा बताउँछन् उनी ।
होलसेलबाट एक्कासी खाद्य वस्तुको मूल्य बढेर आएको र त्यसको असर उपभोक्ता मूल्यमा परेको नेपाल खुद्रा व्यवसायी संघका अध्यक्ष राजकुमार श्रेष्ठ बताउँछन् । ‘अत्यावश्यक वस्तुको मूल्य बढेको कुरा साँचो हो, केही साथीहरुले बिल नपाएको गुनासो गरेका छन् उनी भन्छन् बढेको मूल्यअनुसारको बिल नपाउँदा खुद्रा व्यापारीलाई कालोबजारीको आरोप लाग्ने डर बढेको पनि छ । मूल्यवृद्धिबारे वाणिज्य विभागमा जानकारी गराइएको छ । ‘उपभोक्तालाई खाद्यान्न चाहिएको छ, जति मूल्यमा पनि बिक्न सक्ने अवस्था छ तर खुद्रा व्यवसायीले मूल्य बढाएको होइन भने होइन अध्यक्ष श्रेष्ठले भन्दछन् ।
यसरी एकाएक उपत्यकामा मूल्यमा भएको गडबढी सरकारले छानबिन गर्नु पर्ने नेपाल चामल, तेल, दाल, उद्योग संघले बताएको छ । संघका अध्यक्षका अनुसार चामलमा किलोमा एक दुई रुपैयाँ बढेको हुन सक्छ किनकी किसानले धानको राम्रो मूल्य पाएका छन् तर अरु चीजको मूल्य बढ्नुको कारण छैन’ दाल, चामल, तेलजस्ता खाद्यान्नको मौज्दात प्रशस्त रहेको भन्दै उनले अस्वाभाविक मूल्यवृद्धिबारे सरकारले छानबिन गर्नुपर्ने बताएका छन् ।
तर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्यवृद्धिबारे छानबिन सुरु भएको बताएको छ । खाद्यान्नको थोक बिक्रेता नेपाल खाद्य व्यापार संघका प्रतिनिधिसंग सोधपुछ सुरु गरिएको विभागका सूचना अधिकारी दीपकराज पोखरेलले जानकारी दिए । विभागमा परेको उजुरीपछि होलसेल संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठसंग सोधपुछ भएको छ, हामी कसरी कारबाही अघि बढाउने भन्ने निचोडमा छिट्टै पुग्छौँ ।
थोक ब्यापारीले खुद्रा र खुद्रा ब्यापारीले थोकलाई दोष लगाएको उनले
बताए । खाद्यान्नको कालोबजारी रोक्न सरकारी संयन्त्र कमजोर देखिएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘कि कालोबजारीलाई कानुनी दायरामा लेउ, नभए सरकारी कम्पनीमार्फत बजार हस्तक्षेप गर सरकारी निकाय किन उदासीन भएको आशय दिए ।

लेखक : कदर न्युज