पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनै जनामा कोरोना भाइरसको शंका

१ वैशाख, काठमाडौं । कोरोना भाइरसले नेपाल लकडाउनको अवस्थामा रहेको बेला एकपछि अर्को गर्दै कोरोना भाइरसका संक्रमित देखिन थालेका छन् । त्यस्तै आज काठमाण्डौंका पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि पाटन अस्पतालमा भर्ना गरिएका छन् । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको बुझिएको छ ।
सनसिटी अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्यापिड टेष्ट गरिएको थियो । सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङमा बस्ने एक परिवारको तीन जनालाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो ।
उनीहरु बेलायतबाट फर्केको छिमेकीहरुलाई यसअघि नै थाहा थियो । विदेशबाट आएर बसिरहेका थिए, जचाउन पनि गएका थिएनन्, कोरोना सार्ने हुन् कि भन्ने डर हामीलाई लागिरहेको थियो, आज त अस्पताल लगिएछ ।
तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ ।