राष्ट्रपतिद्धारा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त सांझ ६ बजे शपथ

हिजो सर्वोच्चले प्रतिनिधिसभा पुनस्थापना गदै नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवालार्ई प्रधानमन्त्री नियुक्त गर्न परमादेश अनुसार आज मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए ।