अराजक २६ जना सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु पर्यो

केपी शर्मा ओली

केपी शर्मा ओलीले आज सिंहदरबारमा अन्तिम सम्बोधन गर्दै भने, आफ्नै पार्टीका २६ जना अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु परेको बताएका छन् । ओलीले आफ्नै दलका ती २६ जना विद्रोही मात्र नभई अराजक भएर विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको उल्लेख गरे ।

उनले फुटबल खेलमा आफ्नो पक्षका खेलाडीलाई बल पास गर्नुपर्नेमा विपक्षी दललाई बल पास गरेको टिप्पणी गरे । आफूले गरेका राम्रा कामबाट आत्तिएर पार्टीको साधारण सदस्यबाट समेत हटाउने काम गरेको समेत स्मरण गरे ।

उनले अदालतको फैसला अनुचित आए पनि त्यसलाई पालना गरेर अघि बढ्ने उल्लेख गरे ।