प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्दै

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्न लागेका छन् ।

सर्वोच्च अदालतले हिजो सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।