राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री केपी शर्मा ओली

सर्वोच्च अदालतले आज प्रतिनिधिसभालाई पुनस्थापना गरेपछि उत्पन्न राजनीतिक परिघटना संगै राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका छन् । माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।

सोमबार सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नु भन्ने परमादेश दिएपछि केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिँदैछन् । प्रधानमन्त्रीले आजै राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने सम्भावनासमेत रहेको छ ।