नेकपा एमाले बिबाद समाधान कार्यदलको बैठक माधव पक्ष आएलगत्तै सिंहदरबारमा सुरु

काठमाडौं । नेकपा एमाले बिबाद समाधान कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा विहान ८ बजेबाट बस्ने भनिए पनि ढिला गरेर बैठक सुरु भएको हो ।

विहान ८ बजेका बैठक बस्ने भनिएपनि वरिष्ठ नेपाल माधव नेपाल पक्षीय कार्यदल सदस्य आन्तरिक छलफलमा जुटे लागेपछि एक घण्टा ढिलागरी बैठक सुरु भएको हो ।

नेता नेपालको निवासमा एक घण्टा छलफल गरेर उनीहरु सिंहदरबार पुगेपछि बैठक सुरु भएको छ ।

आजको बैठकले सहमतिको मस्यौदा तयार तयार गर्ने कार्यदल सदस्यको दाबी छ ।